नेकपा. एमाले दैलेखको छेठौ जिल्ला अधिवेशन भव्य र सभ्य बनाउन तयारी कहाँ सम्म भएको छ भन्ने विषयमा युवा सङघ नेपाल केन्द्रिय लेखा आयोग सदस्य एवम छैठौ जिल्ला अबिधेशन मञ्च एवं आवास व्यवस्थापन मुल उप समिति सदस्य , जनक न्यौपानेसँग संहकर्मी हिक्मत नेपालीले गर्नु भएको कुराकानीका आधारमा तयार पारिएको यो प्रशंग सयम सवालमा आजको कुराकानी ।
(१)अधिवेशन नजिकै आएको छ । त्यसको तयारी के भइरहेको छ ?
पाँचौ जिल्ला अधिवेशन देखि हालसम्मको समिक्षा, आगामी कामको कार्यदिशाका लागि नयाँ सक्षम नेतृत्व चयन गर्न नेकपा एमाले दैलेख यतीवेला छैठौ जिल्ला अधिवेशनको सङघारमा छ । छैठौ जिल्ला अधिवेशनलाई भव्य र सभ्य र सम्पूर्ण दैलेखि जनताको अभिमतको प्रतिनिधित्व हुने गरी नेकपा एमाले जिल्ला कमिटी दैलेखले विभिन्न उपसमिति वनाएको छ । ति उपसमितिको बैठक बसेको छ जिम्मेवारी अनुसारका काम धमाधम भैरहेको छ ।
अधिवेशनको सबै भन्दा महत्वपूर्ण विषयवस्तु मध्येको पहिलो र अनिवार्य वस्तु प्रतिनिधी छनौट थियो त्यो काम कात्तिक २९गते नै एक साथ जिल्ला भरी सम्पन्न भैसकेको छ । अहिले त्यसको अद्यावधिक पार्टी जिल्ला सङगठन विभागमा सकिएको छ । प्रतिनिधीहरुको आवास व्यवस्थापनका लागि सदरमुकामका होटलहरुमा सस्थागत रुपले राख्नका लागि आवास व्यवस्थापन उपसमितिले वन्दोबस्त मिलाएको छ । छैटौ जिल्ला अधिवेशनमा महत्वपूर्ण २ वटा कार्यक्रक उद्घाटन समारोह र वन्द शत्रको कार्यक्रमलाई व्यवस्थित रुपले सञ्चालन गर्नका लागि मञ्च व्यवस्थापन उप समितिले काम प्रारम्भ गरेको छ । अधिवेशनलाई सम्वोधन गर्न पार्टीका महासचिब ईश्वर पोखरेल र उपमाहासचिब घनश्याम भुसाल आउने पक्का जस्तै भएको छ । यसरी हाम्रो अधिवेशनलाई विरोधि पार्टीहरुले सोचेको भन्दा फरक ढङगबाट अगाडी बढ्ने देखिएको छ ।
२) पार्टीमा चरम गुटको कुरा भइरहेको छ । के त्यो साँचो हो ?
यसो हेर्दा त्यस्तो देखीयता पनि गुटको प्रमाण कमजोर हुदै, गुटबन्दी अन्त्यको प्रारम्भ भइरहेको छ । राजैनैतिक परिबेशमा नेतृत्वमा जानका लागि आफ्नो ठुलो शक्ति प्रर्दशनका लागि नेताहरुले कार्यकताहरुको कार्य विभाजन गर्ने गरेका हल्लाहरु सामान्यरुपमा आएको भएतापनि त्यस्तो देखिएको छैन् कतिपयले पदका लागि गुट परिवर्तन गरेका हल्लाहरु पनि सुनिएका छन् तर हिजोदेखि दैलेख एमालेलाई कसले जोगायो, कसले संरक्षण गरेर यहाँसम्म ल्याएको हो भन्नेवारे सवै प्रतिनिधिहरु जानकार छन् नेता को भएपछि दैलेख एमाले अँझै सशक्त हुन्छ भनेर कार्यकर्ताहरुले चुनीसकेका छन् ।
सर्बाधिकार सम्पन्न प्रतिनिधीहरुले गुटगत प्रविर्तीको नेताहरुको प्रभावमा नरही पार्टी एकताबद्ध र कुशल सङगठन त्यागी संगठन कर्ता, आम कार्यकर्ताको मनोभावना र बिरोधीहरुका कार्य कमजोर गराउदै नेकपा एमालेको नीति विचार र सिद्धान्तलाई अविचलीत रुपले काम गर्न सक्ने कुशल नेतृत्व छनोट गरी एउटा ऐतिहासिक कार्य प्रारम्भ गर्नै कुरामा लागि रहेको मैले देखेको छु ।
३ यो अधिवेशनमा २ जना अध्यक्षका उम्मेदार गुटगत रुपमा देखिने संभावना बढेको छ भनिएको छ नी ? के यो बास्तविक हो ?
यहाँ गुटगत भन्दा पनि नेतृत्वमा प्रतिश्पर्धाको सिद्धान्त लागु हुने संभावना देखिएको छ । त्यो स्वभाबिक कुरा हो तर कसको नेतृत्व सफल र असफल भन्ने कुरा बुझिसकिएको छ । हिजोका दुईचारवटा घटनाहरुले पनि नेकपा एमालेलाई कमजोर बनाएको देखिन्छ । यसअघि जिल्ला नेतृत्वले सर्वसम्मतबाट गरेका निर्णयहरु यसमा कसको भूमिका कस्तो थियो भन्ने कुरा स्पष्ट छ । अधिवेशनबाट नेतृत्वमा आउनका लागि उम्मेदार बन्ने कुरा स्वभाविक अनिवार्य हो । त्यसका वावजुत पनि २ वटा उम्मेदारको कार्य क्षमता कार्यअनुभव सङगठन प्रति त्याग लगाएतका बिभिन्न विषयमा छलफल चर्चा परिचर्चा देखिएको छ । अबिधेशनमा नेतृत्वमा आउनका लागि जो कोहि नेताहरु उम्मेद्धार बन्नु स्वभाबिक हो । छान्ने जिम्म प्रतिनिधिहरुको हो ।
४ ) यो अबिधेशनमा युवाहरु नेतृत्वमा ल्याउन कुनै पहल भएका छन ।
हाम्रो पार्टी नेकपा एमालेको नवौँ महाधिबेशन नेतृत्व हस्तान्तरणको विषयमा जोडदार रुपमा उठ्यो र सो अनुरुपको पार्टि केन्द्रिय कमिटीमा उप महासचिब सचिब र अधिकाँस केन्द्रिय कमिटिका सदस्यहरु युवा नै हुनुहुन्छ त्यो कुरा यस अबिधेशनमा नउठ्ने कुरै भएन यस अबिधेशनमा पनि नेतृत्व हस्तान्तरणको विषयमा रहेर युवाहरु जिल्ला कमिटिमा उम्मेद्धार बन्ने कुरा स्वभाबिक हो । अधिकाँस प्रतिनिधी नेतृत्व हस्तान्तरणको पक्षमा हुनुहुन्छ हामी युवाहरुले पार्टीभित्र दुई वटा भुमिकाको खोजी गरिरहेका छौ । हाम्रो अघिल्लो नेतृत्वलाई संसदिय संस्थाको नेतृत्व गरोस र युवाहरुले पार्टीकाम गर्ने अवसर प्राप्त गर्नु पर्छ । त्यसो गर्दा खेरी परिभाषित जिम्मेवारी प्राप्त हुन्छ । संगठनको काम प्रभावकारी ढंगले संचालन हुन्छ ।
५) यो अबिधेशन कस्तो खालको नेतृत्व चयनको पक्षमा छ ।
यो अबिधेशनले एउटा ऐतिहासिक कामको प्रारम्भ गर्ने छ । नेकपा एमालेलाई जसले जन्मायो हुर्कायो र आज बिशाल पार्टिका रुपमा स्थापीत ग¥यो आफ्नो पदको प्रभाव नगरी पार्टिलाई ठुलो बनाउन र नोपली कम्युनिष्टहरुको धुर्बिकरणको क्रममा दैलेखमा रहेका बिभिन्न कम्युनिष्ट कार्यकर्ताहरुलाई नेकपा एमालेमा प्रबेश गराई नवप्रबेशीहरुलाई पार्टिको जिम्मेवारी दिई बिगत लामो समयदेखि पार्टिको सदस्यको पदमा रहि काम गर्दै आउनु भएका पार्टिका सस्थापक सचिब रबिन्द्र शर्मालाई सर्बसम्मत अध्यक्ष बनाउने अभियानमा नेकपा एमालेका सम्पुर्ण कार्यकर्ता एकढिक्का छन । त्यसैले यसरी सर्बसम्मत अध्यक्ष बनाइयो भने नेकपा एमाले थप बिशाल र शक्तिशाली पार्टी बन्न सक्छ ।
६) संस्थापन पक्ष ( केपी ) का बलिय उम्मेदवार रबिन्द्र शर्माको पक्षका प्रतिनिधिहरु ४ सय भन्दा बढी आएको भन्ने कुरा चर्चामा आएको छ के यो सत्य हो ?
समग्रमा ओली पक्षका प्रतिनिधिहरु दैलेखमा बढी आएको भन्ने कुरा हामीलाई पनि जानकारीमा आएको छ । तर पार्टीमा चुनाव भन्दा पनि पार्टीलाई यहाँसम्म कसले पुर्यायो भनेर मुल्याँकन गर्दै आगामी दिनहरुमा कसरी राम्रो गराउनुपर्छ भन्ने धारणा सँगै उम्मेदवार छनौट गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि सबैकुराको सक्षमता रबिन्द्र शर्मा सँग छ र अधिकाँस प्रतिनिधिहरु पनि शर्माको पक्षमा देखिएका छन् । हाम्रो पार्टि नेकपा एमालेमा दैलेख जिल्ला कमिटि आउने बिबाद समस्या गुटगत प्रभाव लगायतका सम्पुर्ण विषयहरु सजिलै प्रबेश गर्दछन । तर त्यसको सरल ढंगबाट समस्याको समधान भइरहेको छ । बिगतको इतिहाँसबाट हाम्रा नेताहरु प्रष्ट हुनूहुन्छ र अहिलेका अध्यक्षका दुई वटै आकाक्षीहरुको विषयमा पार्टि भित्र मसिनो ढंगले छलफल चलिराखेको छ । हाम्रो पार्टिी नेकपा एमालेले छैठौ जिल्ला अबिधेशनको नेतृत्वमा आउनका लागि भन्दा पार्टीलाई शसक्त मजबुद र एकताबद्ध कसरी गराउन सकिन्छ भनेर सबै कोणबाट छलफल खुला गरिएको छ । मह्त्वपुर्ण कुरा पार्टीका सस्थापक पार्टि संचिब नै अधक्षको आकाँक्षा गरेको हुँदा सरल र सहज ढंगले सर्बसम्मत नेतृत्व चयन हुने बलियो आधार बनेको छ ।
७ )अन्त्यमा नेकपा एमालेका पार्टिका शुभ चिन्तक र प्रतिनीधीलाई के भन्नु हुन्छ ?
हाम्रो पार्टी नेकपा एमालेले यति बेला ऐतिहाँसिक अभिभारा पुरा गर्नुपर्ने बेला भएको छ । संबिधान सभा मार्फत जनमुखी संबिधान जारी गर्नुपछ । अस्थिर राजनैतिक संरचनालाई स्थिर संरचनामा रुपान्तरण गरि नेकपा एमालेले छुट्टै पहिचान सर्बहारा बर्गको प्रतिनिधीत्व गर्नु छ । त्यसो हुनुको हिसाबले यो अबिधेशनमा आफैमा ऐतिहासिँक छ । यो ऐतिहाँसिक अबिधेशनका प्रतिनिधीहरुलाई पार्टी लाई एकताबद्ध र बिशाल पार्टीको रुपमा स्थापीत गराउनका लागि लाग्नु हुनेछ र यो अधिबेशन सुदृढ एकता बद्ध र शसक्त संगठनात्मक संरचना सँगै सहमतिको सन्देश दिनका लागि नेकपा एमालेका सम्पुर्ण शुभ चिन्तक र प्रतिनिधीहरुको निर्णायक भुमिकाको अपेक्षा गर्दछौ ।







